‘चलचित्रलाई मनोरञ्जनको साधनका रूपमा मात्र लिनु गलत’

‘चलचित्रलाई मनोरञ्जनको साधनका रूपमा मात्र लिनु गलत’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरण गर्न आवश्यक रहेको बताएकी छन्। 

बिहीबार काठमाडौंमा आयोजित सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रमा लाग्नेहरुको जीवनयापनमा समस्या हुनु सबैका लागि बिडम्वनाको विषय रहेको भन्दै नेपाल चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरण गर्न आवश्यक रहेको बताएकी हुन्। 

उनले भनिन्, ‘चलचित्र क्षेत्रमा लाग्नेहरुले जीवनयापन कसरी गर्ने भनेर चिन्तित हुनुपर्ने अवस्था हामी सबैका लागि बिडम्वना हो। अब नेपाल चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा हामीले ध्यान दिन जरुरी छ।’

उनले चलचित्र मनोरञ्जनको माध्यम भए तापनि यसलाई मनोरञ्जनको साधनको रुपमा मात्र लिनु गलत रहेको बताइन्। चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सूचनामूलक सन्देशमार्फत सामाजिक रुपान्तरणको लागि योगदान गर्ने असाध्यै सशक्त र प्रभावकारी माध्यम रहेको उनको भनाइ छ। 

‘चलचित्र मनोरञ्जनको माध्यम त हुँदै हो तर पनि यसलाई मनोरञ्जनको साधनको रुपमा मात्र लिनु गलत हो भन्ने लाग्छ,’ उनले भनिन्, ‘यो मनोरञ्जनको साधन मात्र नभएर सूचनामूलक सन्देशमार्फत सामाजिक रुपान्तरणको लागि योगदान गर्ने असाध्यै सशक्त र प्रभावकारी माध्यम हो। चलचित्र आम सञ्चारको माध्यम भएकाले यसले सामाजिक रुपान्तरण गर्नमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।’ उनले चलचित्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताइन्। 

Recent Comments

No comments to show.