‘राष्ट्र हितलाई दरिलो बनाउन रास्वपाले जोखिम मोलेरै प्रधानमन्त्रीलाई साथ दिएको छ’- स्वर्णिम वाग्ले

‘राष्ट्र हितलाई दरिलो बनाउन रास्वपाले जोखिम मोलेरै प्रधानमन्त्रीलाई साथ दिएको छ’- स्वर्णिम वाग्ले

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राष्ट्र हितको सवालमा दरिलो बनाउनलाई पार्टीले जोखिम मोलेरै साथ दिएको बताएका छन्।

प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै वाग्लेले प्रधानमन्त्रीको लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले साथ दिएको बताएका हुन्।

सांसद वाग्लेले अगाडी भने, ‘नया पार्टी हो, सरकारमा नगएर चोखो बसेको भएपनि हुन्थ्यो। पुराना दलसँग नटासिएको भएपनि हुन्थयो। २०८४ मा बहुमत ल्याएर सरकारमा गएको भए पनि हुन्थ्यो। तर राजकाजको अवसर आउँदा अभ्यास गर्नै पर्छ। प्रधानमन्त्रीको सम्बन्धमा हाम्रो चाल यही हो।’

उनले राजनीतिमा फ्रेसनेस र अनुभवको प्रिमियम हुने उल्लेख गर्दै भने, ‘अवसरको सुदपयोग गर्नुपर्छ भनेर आएका छौं। चेसमा जसरी गोटी चाल्न हामीआएका छौं। व्याज खाएर होइन कामै गरेर राष्ट्र हितको सवालमा काम गर्न आएका र्छौ।’

वाग्लेले रास्वपा देश बिगार्न, भत्काउन, तोडन र उखेल्न नआएको बताए। ‘काम देखाउन आएका छौं। सरकारबाट डेलिभरी गर्न सकिन्छकी भनेर आएका छौ। मन्त्रालयहरु रोजेर लिएका छौं। गर्न नसको दिन प्रधानमन्त्रीलाई सजिलो बनाइदिन्छौ’, उनले भने।

रास्वपा चार मन्त्रीसहित अहिलेको सरकारमा सहभागी छ।

Recent Comments

No comments to show.