उधारो बीमालेख जारी नगर्न बीमा प्राधिरणको निर्देशन

उधारो बीमालेख जारी नगर्न बीमा प्राधिरणको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विद्यमान कानुन र नियामक निकायको निर्देशन पूर्ण रुपमा पालना नगर्ने कम्पनीहरुलाई नेपाल बिमा प्राधिकरणले कारवाही गर्ने भएको छ । कम्पनीहरुमा निर्देशन पालना र सुशासन कायम नगर्ने प्रवृति देखिएपछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले कैफियत देखिएका कम्पनीहरुलाई कारवाही गरिने बताएका हुन ।

‘सुशासनको बाटो नहिंड्ने, उधारो बीमा गर्ने, कर्मचारीको तालिमका लागि छुट्याइएको रकम सोही प्रयोजनमा प्रयोग नगर्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरिन्छ,’ अध्यक्ष सिलवालले भने, ‘कम्पनीहरूले प्राधिकरणबाट स्वीकृत बीमालेखमा कुनै पनि परिवर्तन नगरी हुवहु लागू गर्नुपर्छ । कम्पनीका प्रदेश तथा शाखा कार्यालयले प्रत्यायोजित अधिकार प्रयोग गर्नुपर्छ, दाबी भुक्तानीलाई सहज बनाउन सहयोग गर्नुपर्छ ।’

नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालासँग वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष सिलवालले कम्पनीहरुलाई संयमित भएर काम गर्न निर्देशन दिएका हुन । उनले बजारको अध्ययन अनुसन्धान गरी नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र कार्यक्रममा सहभागीले मधेश प्रदेशमा हाल ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढाउन रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने र विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश गरी छुट्टै पठनपाठनको व्यवस्था गर्न पहल गर्नुपर्ने धारणा राखेका थिए ।

लघुबीमा कम्पनीहरू आफ्नो क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी केन्द्रित हुने गरेको, लघुबीमकले कम दरमा बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, मधेश प्रदेशस्थित बीमा कम्पनीका शाखा कार्यालयहरूमध्ये झण्डै ६० प्रतिशत प्रमुख विहिन रहेको, पशुपन्छी मरेको अवस्थामा स्थलगत निरीक्षण नभएको भन्दै स्थानीय तहले प्रमाणित गर्न नमानेको लगायतका विचार व्यक्त गरेका थिए ।

Recent Comments

No comments to show.