काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हकप्रद सेयर निष्कासनको अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
कम्पनीले १७ प्रतिशत अर्थात १:०.१७ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै फागुन २२ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
प्रतिक्रिया