राज्यकाेषमा दुरुपयोग राेक्दा, सुशासन कायम गर्दा उपलब्धि नभएको हैन : प्रवक्ता डा. महत

राज्यकाेषमा दुरुपयोग राेक्दा, सुशासन कायम गर्दा उपलब्धि नभएको हैन : प्रवक्ता डा. महत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राज्यकाेषमा दुरुपयोग राेक्दा, सुशासन कायम गर्दा उपलब्धि नभएको हैन भन्ने बताएका छन । 

आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसका कारण ओैषधभन्दा बढि प्रगति भएन भनेर दाेषाराेपण गर्नु तथ्यसंगत नभएको बताएका छन  । “महासमिति वैठककाे निर्णय पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिने नै थियोे। हामीले अर्थतन्त्रको जिम्मेवारी लिंदा अर्थतन्त्रकाे अवस्था सिथिल थियोे , मेहनतका साथ लयमा ल्याएका थियौँ ।राष्ट्र बैक, एडीबी,विश्व बैकले प्रकाशित गरेको तथ्यांकबाट पनि याे स्पष्ट हुन्छ। अर्थमन्त्रीकाे जिम्मेवारी लिंदा ८.५ प्रतिशत मुल्य वृद्धि भएकोमा अहिले ५ प्रतिशतमा छ। यति हुँदाहुँदै पनि गठबन्धन परिवर्तन हुनु प्रधानमन्त्रीकाे प्रवृत्तिजन्य निर्णय हाे ।” डा. महतले भने। 

उनले कसिलाे माैद्रिक नीतिले सृजना गरेका समस्यालाई समाधान गरेर खुकुलो नीति बनाएका कारण क्रमश: अहिले बैककाे ब्याजदर घट्दै गरेकाे, लगानीको बाताबरण बन्दै गरेको बताए । अर्थतन्त्र सकरात्मक लयमा रहेका कारण सेयर बजार, घरजग्गा काराेवार, पर्यटन व्यवसायले गती लिएको बताउदै हुँदै उनले सिथिल अवस्थामा रहेकाे अर्थतन्त्र सुधारतर्फ रहँदा पनि गत वर्षभन्दा १० प्रतिशत राजश्व वृद्धि पनि सन्ताेषजनक नै भएको धारणा राखे । 

देशकाे अर्थ प्रणालीमा बर्सेनि भार थप्ने गरी न्युन विनियाेजनमा बहुबर्षीय ठेक्का दिने प्रणालीले बजेटरी प्रणालीमा समस्या सृजना गरेको थियाे भन्दै उनले जनताकाे मेहनतबाट प्राप्त राजश्वलाई जनता र देशकाे प्राथमिकतामा मात्रै खर्च गरिनुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्दै आएका थियौँ भन्ने जिकिर गरे । उनले सरकारमा रहँदा सुशासन र मितव्ययितालाई मध्यनजर गरेर काम गर्दै आएका थियौँ भन्नुहुँदै साधारण खर्चमा जथाभावी गर्ने काम नगरी गम्भीरताका साथ काम गर्याैं भन्ने धारणा राखे ।

“सरकारमा कांग्रेसकाे उपस्थितले सरकारप्रति अन्तर्राष्ट्रियस्तरमा समेत विश्वसनीयता बढेको थियाे । पूर्ण निष्पक्षताका साथ देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्याैं । हामीले राज्यकाेषमा दुरुपयोग राेक्दा, सुशासन कायम गर्दा उपलब्धि नभएको हैन, धेरै कानुनी कुराहरु तयार गरेर संसदमा लैजान ठिक पारेका थियौं 

विदेशी लगानी पनि गतबर्षकाे तुलनामा बढेको थियाे।” उनले भने । 

आगामी बैशाखमा हुने लागानी सम्मेलनमा धेरै लागानीकर्ता लगानी गर्न तयार थिए भन्दै उनले अहिलेसम्म नेपालमा नभएको ठूलाे लगानी सम्मेलन गर्ने तयारीमा थियौं भन्ने जिकिर गरे । 

नेपाली कांग्रेसका कारण ओैषत भन्दा बढि प्रगति भएन भन्नू भ्रम छर्ने काम भएको बताउदै डा महतले गैर प्राथमिकताका क्षेत्रमा लगानी गर्ने हाे भने समस्या सृजना हुने धारणा राखे । 

पूँजीगत खर्चको प्रभावकारिता बढाउन,  बजेट प्रणालीमा सुधार ल्याउन, ३ कराेड भन्दा कम रकमका आयाेजनामा संघले भन्दा प्रदेश र स्थानीय तहले नै लगानी गर्ने व्यवस्था मिलाउने गरि काम गरिरहेका थियौँ भन्दै उनले लगानी भित्र्याउन कानुन परिमार्जनका काम पनि अगाडि बढाइरहेकाे बताए । उनले मुलुककाे विकास र समुन्नतिका लागि प्राथमिकता अनुसार बजेट खर्च गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुकाे विकल्प छैन भन्नेमा जाेड दिए ।

Recent Comments

No comments to show.