१० अर्बको पुँजी रहने ‘लगानी कम्पनी’ स्थापना हुँदै, सर्बसाधारण पनि अट्ने

१० अर्बको पुँजी रहने ‘लगानी कम्पनी’ स्थापना हुँदै, सर्बसाधारण पनि अट्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ। 

महासङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको हो।

उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ। 

कम्पनीको अधिकृत पुँजी १० अर्ब हुनेछ। यसमा महासङ्घका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्नसक्ने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।

अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रबाट आवश्यक पहल गरिरहेको बताए। 

राजनीतिक दलको आर्थिक विषयमा समान एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासङ्घको आगामी चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने पनि बताए।

महासङ्घले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस कोशेढुङ्गा सावित भएको ढकालको दावी छ।

उक्त आर्थिक बहस आयोजनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गर्दै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए।

Recent Comments

No comments to show.