काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु आजदेखि शुरु भएको छ ।
एक महीनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरु रोजा (उपवास ) बस्छन् । रमजानमा रोजा बसेर अल्लाहलाई सम्झेमा अल्लाहकै हातबाट आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ ।
एक महीनासम्म हरेक दिन सूर्य उदाउनुभन्दा अगाडि केही खानेकुरा खाई शुरु हुने रोजा सूर्यास्त भइसकेपछि खानेकुरा खाएर खोल्ने गरिन्छ । रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुपर्छ ।
तीसदिनको रमजानमा रोजा गरिसकेपछि इदुलफित्र मनाइन्छ ।
प्रतिक्रिया