संयुक्त राष्ट्रसंघमा नेपालको नयाँ नक्सा पठाइने

संयुक्त राष्ट्रसंघमा नेपालको नयाँ नक्सा पठाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ।

परराष्ट्र मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश भएको नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। त्यसका लागि नेपाली सेना र नापी विभागका प्रतिनिधि सहितको एउटा कार्यदल बनिसकेको छ । आइबीएस सफ्टवेयरलाई पनि यो सिलसिलामा जोड्ने तयारी भएको छ ।

नेपाल सरकारका तर्फबाट नयाँ नक्सा संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा चिठीसहित गएको दुई साता भइसकेको छ । यसबाहेक सोही नक्सालाई विदेशस्थित नेपालका विभिन्न कूटनीतिक नियोगमा पठाइँदैछ ।

वेभ सर्च इञ्जिन गुगलले आफूखुशी चुच्चोसहितको नक्सा आफ्नो नयाँ संस्करणमा समावेश गरेको छ । तर, नेपाल सरकारको तर्फबाट गूगललाई अलग्गै चिठी लेखेर आधिकारिक रुपमै नक्सा पठाइएको छ ।

Recent Comments

No comments to show.