युरोपमा फस्टाउँदै भारतको व्यापार, गर्‍यो १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौता

युरोपमा फस्टाउँदै भारतको व्यापार, गर्‍यो १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारत र नर्वे तथा स्वीट्जरल्यान्डसहित चार सदस्यीय युरोपेली ब्लक इएफटीएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारतका व्यापारमन्त्री पियुष गोयलले उक्त सम्झौताअन्तर्गत आइसल्यान्ड र लिक्टन्स्टाइनसहित गैर–युरोपेली सङ्घ मुलुकबाट बनेको युरोपेली स्वतन्त्र व्यापार सङ्घ (ईएफटीए) विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रले भारतमा १५ वर्षमा १०० अर्ब डलरको लगानी गर्ने जानकारी दिए ।

‘भारत–ईएफटीए व्यापार र आर्थिक साझेदारी सम्झौता (टीईपीए) हाम्रो बढ्दो साझेदारीमा कोसेढुङ्गा हो,’ दिल्लीमा हस्ताक्षर गरेपछि मन्त्री गोयलले भने । उनले सम्झौताले निर्यात र लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जना गरेर आपसी विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने बताए ।

सोह्र वर्षसम्म लामो वार्तापछि उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । हस्ताक्षर समारोहमा उल्लेख गरिएको विज्ञप्ति अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार सम्झौता ‘खुला, निष्पक्ष र समतामूलक व्यापारका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतीक भएको’ बताउएका छन् ।

‘सम्झौताले हामीलाई आफ्नो आर्थिक क्षमताको राम्रो उपयोग गर्न र भारत तथा इएफटिए दुवै राज्यका लागि थप अवसर सिर्जना गर्न अनुमति दिनेछ,’ नयाँदिल्लीमा स्वीस अर्थमन्त्री गाई पार्मेलिनले भने, ‘ईएफटीए मुलुकहरूलाई एउटा प्रमुख विकास बजारसम्म अनुमति प्राप्त हुनेछ, बदलामा भारतले ईएफटीएसँग अधिक विदेशी लगानी आकर्षित गर्नेछ जुन अन्ततः राम्रो रोजगारी वृद्धिमा परिणत हुनेछ ।’

ईएफटीएको स्थापना आफ्ना सदस्यहरूबीच स्वतन्त्र व्यापार तथा आर्थिक एकीकरणलाई बढाउनका लागि सन् १९६० मा भएको थियो । सन् २०२१ मा यो वस्तुको हिसाबले विश्वको १०औँ सबैभन्दा ठूलो र सेवाका हिसाबले आठौँ सबैभन्दा ठूलो व्यापारी थियो ।

हालैका वर्षहरूमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतसँग लामो समयदेखि छलफल भएको व्यापार सम्झौता पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।

Recent Comments

No comments to show.