सर्वोत्तम सिमेन्टको आईपिओको बाँडफाँड सम्पन्न, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

सर्वोत्तम सिमेन्टको आईपिओको बाँडफाँड सम्पन्न, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्मानी २६ जनाले थप १/१ कित्ता सेयर पाएक छन् । ९ लाख बढीको हात रित्तो भएको छ ।

कम्पनीले फागुन १३ देखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट सर्वसाधरणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएका थिए । सोमध्ये १ हजार ३४२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ  ।

Recent Comments

No comments to show.