सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २५ हजार

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २५ हजार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन प्रतितोला १५ सयले बढेर प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २२ हजार ९ सय थियो । त्यस्तै आज चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ७० रुपैयाँ तोकिएको छ ।

Recent Comments

No comments to show.