भारतिय प्रशासनलाई जवाफी पत्र : ‘’गुन्जी, कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढ्नु ठीकै हो’

भारतिय प्रशासनलाई जवाफी पत्र : ‘’गुन्जी, कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढ्नु ठीकै हो’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालापानी-लिम्पिुयाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश नदिनु भन्ने भारतको पत्रको नेपालले जवाफ फर्काएको छ ।

धार्चुलाबाट गुन्जी, कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढेको र त्यसमा रोक लगाउन भन्दै केही साताअघि धार्चुलाले जिप्रका दार्चुलालाई पत्र पठाएको थियो ।

भारतीय पक्षबाट पत्र प्राप्त हुनासाथ काठमाण्डूमा जानकारी गराइएको र जबाफ दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताएका छन् ।

केन्द्रबाट गृह मन्त्रालयको निर्देशनपछि भारतीय पत्रको जबाफ नेपाली पक्षले फर्काएको छ ।

जिप्रका दार्चुलाले पठाएको पत्रमा गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भू–भाग भएको हुँदा नेपालीहरूको आवतजावत स्वभाविक रहेको उल्लेख छ ।

Recent Comments

No comments to show.