काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्न चाहेको बिषय बुझ्न नसकेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
उनले प्रचण्डले खेलेको राजनीतिक खेल नजिकबाट नियालिरहेको पनि बताए । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले उक्त भनाई राखेका हुन् ।
‘प्रधानमन्त्रीले के गर्न चाहिरहनुभएको छ ? नयाँ सरकार बनाउनु पछाडिको दृष्टिकोण के हो ? के कारणले यसो गर्न खोज्नुभएको हो । यो सबै आएपश्चात् हामीले हाम्रो धारणा सार्वजनिक गर्नेछौँ,’ महामन्त्री शर्माले सञ्चारकर्मीसँग भने ।
परिवर्तित सन्दर्भको निष्कर्षमा पुग्न मंगलबार दिउँसो ३ बजेलाई कांग्रेस कार्यसम्पादन समितिको बैठक बोलाइएको पनि महामन्त्री शर्माले बताए ।
प्रतिक्रिया