एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ सत्ता गठबन्धन बन्ने तय भएपछि आज सानो आकारको प्रारम्भिक मन्त्रिपरिषद गठन हुने भएको छ ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल भएका छन् ।

नयाँ मन्त्रीमण्डल गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन्। रास्वपाबाट पूर्वउप्रधान तथा गृहमन्त्री रवि लामिछाने  र एमालेबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी मन्त्री बन्ने भएका छन्।

जसपाबाट पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आफैं सहभागी हुनसक्ने बताइएको छ। 

Recent Comments

No comments to show.