आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न

आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६औं वार्षिक साधारण सभा फागुन २० गते सम्पन्न भएको हो ।

सभाले आगामी चार वर्षका लागि संचालक समेत चयन गरेको छ । संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल निर्विरोध चयन भएका छन् । यस्तै, सर्वसाधारण समुहबाट भने राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालकमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, सभाले अध्यक्ष ढकालले प्रस्तुत गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ । आइजीआई प्रुडेन्सियल साविकको आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो ।

Recent Comments

No comments to show.