पोष्टपेड मोबाइल चलाउनेलाई थपियो कर

पोष्टपेड मोबाइल चलाउनेलाई थपियो कर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब नेपाल टेलिकमको पोष्टपेड सिमकार्ड प्रयोगकर्ताले हरेक रिचार्जमा २ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।

यसअघि सिमकार्ड दिँदा नै एकमुष्ट स्वामित कर लिने गरेको टेलिकमले अब भने हरेक रिचार्जमा २ प्रतिशत स्वामित कर लिने भएको छ ।

नेपाल टेलिकमका सूचना अधिकारी शोभन अधिकारीका अनुसार यो वर्षको आर्थिक ऐनबाट सरकारले सबै मोबाइल सेवाको प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने व्यवस्था लागू भएसँगै पोष्टपेड सेवामा पनि कर थपिएको हो।

नयाँ व्यवस्थाअनुसार पोष्टपेड सेवा लिंदा सुरुमा एकपटक लाग्ने २ प्रतिशत स्वामित्व शुल्क भने हटेको छ।

‘यसअघि नयाँ पोस्टपेड सिमकार्ड दिँदा ५०० स्वामित्व करसहित ११३० रुपैयाँ लिने गरिएको थियो,’ अधिकारीले भने, ‘अहिले स्वामित्व कर नलिइ ५०० रुपैयाँमै सिमकार्ड दिइने गरिएको छ । त्यसैले अबदेखि रिचार्जमा २ प्रतिशत स्वामित्व कर लाग्ने भएको हो ।’

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

Recent Comments

No comments to show.