रहेनन् वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य

रहेनन् वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज (सोमबार) ८२ वर्षको उमेरमा निधन भएको छ ।

अपराह्न ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको अपराह्न साढे ४ बजेतिर अक्सिजन लेभल कम भएपछि उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा निधन भएको हो। उनको पार्थिव शरीर भोलि (मंगलबार) बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका राखिने तयारी गरिएको छ। साथै उनको बिदाइ राष्ट्रिय सम्मानका साथ गर्ने बताइएको छ।

Recent Comments

No comments to show.