काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुन तस्करी सम्बन्धि जाँचबुझ आयोगको म्याद १५ दिन थप गरेको छ । फागुन मसान्तसम्म आयोगको म्याद थप गरिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
सर्लाही बरहथवामा गत महिना प्रहरी गोलीबाट मृत्यु भएका युवक जयशंकर शाहको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय पनि भएको छ ।
बालकुमारी घटनासम्बन्धि जाँचबुझ आयोगको सुझाव कार्यान्वायनका लागि प्रतिवेदन अध्ययन गरी कार्यान्वायन गर्न उर्जामन्त्री शक्ति बस्नेत र कानूनमन्त्री धनबहादुर गुरुङ रहने समिति गठन भएको छ । सोही समितिले यातायातमन्त्री प्रकाश ज्वालाको विषयमा सिफारिस गर्नेछ।
सरकारले भरतपुर महानगरकाकी मेयर रेनु दाहाललाई इन्टरनेशनल मेयर अवार्ड प्रदान गर्न स्वीकृती दिएको छ ।
जाजरकोट भूकम्पमा क्षती पुगेका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निणृय भएको छैन ।
त्यस्तै, सार्वजनिक खरिद नियमावली पनि संशोधनको निर्णय भएको छ ।
प्रतिक्रिया