प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने तथा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने  कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

त्यसैगरी  उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको  छ । 

Recent Comments

No comments to show.