लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा । १६.२६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजनाको सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सकिएको हो ।

निर्माण सुरु भएको दुई वर्षभित्र नै काम अन्तिम चरणमा पुगेको आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिए । उनका अनुसार यही गतिमा आयोजनाको निर्माण भइरहेमा आगामी २०८१ जेठ महिनाभित्र उत्पादन सुरु हुनेछ । भोटेकोशीबासी र स्थानीयबासीले यसरी नै साथ दिए तोकिएको समयमा उत्पादन हुने देखिएको छ ।

रु ३ अर्ब ४० करोडभन्दा बढी लागतमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनको काम पनि आउने वैशाखभित्र सक्ने लक्ष्य लिएइएको छ । कार्यकारी निर्देशक चौधरीका अनुसार नयाँ वर्षदेखि नै जिल्लाबाट १६.२६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

हिउँद महिनामा ३० प्रतिशत विद्युत् उत्पादन घट्न सक्ने सो आयोजनाको अनुमान छ । लिपिङ खोलाबाट उत्पादन भएको विद्युत् भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएर बाह्रबिसे नगरपालिका–४स्थित बेतेमा निर्माणाधीन सब स्टेसनमा पुर्याइने छ ।

Recent Comments

No comments to show.