कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका बिषय नसमेटिनु दुखद : अध्यक्ष लम्साल

कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका बिषय नसमेटिनु दुखद : अध्यक्ष लम्साल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा संचार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुखद भएको बताएका छन ।

प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै संचार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुखद भएको बताए ।

ञप्रेस, न्यु मिडिया, पत्रकारिता जगतले भोग्दै गरेका चुनौती बारे महासमिति बैठकमा कुनैपनी प्रतिवेदनमा केही आएन,कांग्रेस जस्तो लोकतान्त्रिक दलले संचार क्षेत्रको विषयमा केही नबोल्नु दुखद छझ लम्सालले भने ।

उनले  कांग्रेसलाई गुट बनाउन र आफ्न्नो मान्छे बनाउन बाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै  कांग्रेसले आफुलाई बलियो बनाउन सबै तहका नेताहरु सुध्रिनु पर्ने बताए  । 

लम्सालले पाटिबाट निर्वाचित बनेका नेताहरुमा वडा तह, प्रदेश तह र केन्द्र तह सम्म भ्रष्टचारको गन्ध बढ्दै गएको भन्दै गठबन्धनका कारणसमेत धेरै क्षेत्रमा कांग्रेसीहरुले अवसर गुमाउनु परेको बताए।

महाससमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा अग्रज पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई ब्यवस्थित गर्न सकिने धारणा राखे ।

Recent Comments

No comments to show.