सात महिनामा ६ अर्ब ६२ करोडको विद्युतीय गाडी आयात

सात महिनामा ६ अर्ब ६२ करोडको विद्युतीय गाडी आयात

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको सवारी साधन आयात भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघसम्मको तथ्यांक अनुसार ६ हजार १५९ विद्युतीय चार पाङ्ग्रे साधनको आयात भएको हो ।

विद्युतीय सवारी आयातबाट यस अवधिमा भन्सार शुल्क, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र सडक निर्माण दस्तुर बापत ६ अर्ब ६२ करोड ८० लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने चार पाङ्ग्रे साधनको आयात दिन दिनै घट्दो क्रममा देखिएको छ । साउनदेखि माघ मसान्तसम्मको अवधिमा कुल २ हजार ५२९ यूनिट इन्टरनल कम्बस्चन कारको आयात भएको छ । यसमा एम्बुलेन्सको आयातसमेत जोडिएको छ ।

सात महिनामा ३ अर्ब ४३ करोड ६७ लाख ३५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको छ । आयात रकम ईभीको तुलनामा ५ गुण कम भए पनि भन्सार विन्दुमा उठ्ने राजस्व भने पेट्रोलियम कारकै धेरै छ ।

भन्सार, अन्तःशुल्क, भ्याट र आरडीएफ गरेर उक्त आयातमा ८ अर्ब ३३ करोड २३ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको देखिन्छ ।

आयातको आधारमा विद्युतीय साधनको आयात झण्डै ७१ प्रतिशत पुगेको छ । पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात २९ प्रतिशतमा खुम्चेको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।

Recent Comments

No comments to show.