तमलोपा र जप्रपा नेपालबीच सहकार्यको सहमति

तमलोपा र जप्रपा नेपालबीच सहकार्यको सहमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हृदयेश त्रिपाठीको नेतृत्त्वमा रहेको जनता प्रगतिशील पार्टी, नेपाल र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ।

उनीहरुबी पाँच बुँदे सहमति सार्वजनिक भएको छ। बुधबार भएको सहमतिको पहिलो बुँदामा नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न भनिएको छ।

त्यसैगरी तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्ने, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन दुवै पार्टी सहमत भएको उल्लेख छ।

यी विषयमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका दलहरुलाई पनि सहकार्यको लागि अनुरोध गरिएको छ

Recent Comments

No comments to show.