अर्थतन्त्रले लय समात्दै छ, राजस्व सुधार्न काम हुँदैछ : अर्थमन्त्री

अर्थतन्त्रले लय समात्दै छ, राजस्व सुधार्न काम हुँदैछ : अर्थमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रले क्रमशः लय समात्दै गएको बताएका छन् । सोमबार चालु आव २०८०८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् ।

बजेटको वार्षिक लक्ष्य अनुसार प्रगति हुन नसके पनि अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको उनले बताए । चालु वर्षमा प्रत्यक्ष वैदेशिक लगानी, बैंकको निक्षेप तथा कर्जा लगानी, रेमिट्यान्स आप्रवाह बढेको उनले जानकारी दिए ।

उनले समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २५.३, कर्जा प्रवाह २.६ प्रतिशतले बढेको जानकारी दिए । उनका अनुसार राजस्व वृद्धिदर ९.६७ प्रतिशत छ । हालसम्म लक्ष्यको ७७.४ प्रतिशत मात्रै राजस्व संकलन भएको उनले बताए । यस्तै, बजेटको ३२.५७ प्रतिशत मात्रै खर्च भएको बताए ।

पुराना कार्यक्रमको दायित्व धेरै भएकाले त्यसलाई चुस्त बनाउन समय लाग्ने उनले बताए ।

Recent Comments

No comments to show.