घर किन्न ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमै ऋण दिने, १२ कराेडसम्म पाइने

घर किन्न ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमै ऋण दिने, १२ कराेडसम्म पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिद गर्न चाहनेलाई लक्षित गर्दै ‘निश्चित आवास योजना’ ल्याएको हो ।

बैंकका अनुसार यस कर्जा योजना अन्तर्गत घर निर्माण तथा खरिदका लागि ग्राहकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा पाउनेछन्।

साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले सहज रुपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ ।

यस कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा ऋण पाउने छन् ।यस्तै, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।

बैंकले अधिकतम १२ करोडसम्म कर्जा उपलब्ध गराउने छ । यो सुविधा बैंकका देशभरका सबै शाखाबाट पाइने छ । ग्राहकले आवेदन दिएको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Recent Comments

No comments to show.