हिमालयन रि इन्स्योरेन्सका नाफा दोब्बरले बढ्यो

हिमालयन रि इन्स्योरेन्सका नाफा दोब्बरले बढ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको खुद नाफा झन्डै दोब्बरले बढेको छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९९.७३ प्रतिशतले बढेको हो ।

चालु वर्षको पुस मसान्तसम्म कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ३० करोड रुपैयाँ बढी हो । गत वर्ष पुससम्म कम्पनीले ३० करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क साढे दुई गुणाले बढेसँगै खुद नाफामा उछाल आएको हो । यस अवधिमा बीमा शुल्क १५४.६५ प्रतिशतले बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, कुल आम्दानी ९२.८४ प्रतितशले बढेर २ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ५०.९० प्रतिशतले बढेर ७३ करोड १५ लाख रुपैयाँ पुगेका छ ।

हाल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ संचित रहेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.२३ रुपैयाँबाट बढेर १२.५ रुपैयाँ पुगेका छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ ।

Recent Comments

No comments to show.