संघीय कानुन निर्माणका लागि संघ सरकारसँग लड्नुपरेको छ : मुख्यमन्त्री पाण्डे

संघीय कानुन निर्माणका लागि संघ सरकारसँग लड्नुपरेको छ : मुख्यमन्त्री पाण्डे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता अनुकूलका कानुन निर्माणमा ढिलाई नगर्न संघीय सरकारलाई दबाब दिएका छन् । मुख्यमन्त्री पाण्डेले संविधानमा व्यवस्था गरेअनुसार संघीय सरकारले पर्याप्त कानुन बनाइदिँदा आफूहरुले सरकारजस्तो भएर काम गर्न नसकेको गुनासो समेत गरे ।

शनिवारबाट पोखरामा शुरु भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै उनले संघीयताअनुसार तीनवटा तहको सरकार बनेपनि संघीय सरकारले समयमै कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भइरहेको बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले अहिले पनि संघीयतासम्बन्धि कानून निर्माण गरी अधिकार हस्तान्तरण गर्न संघीय सरकारसँग लडाई गरिरहनुपरेको जिकिर गरे ।

मुख्यमन्त्री पाण्डेले जग्गा प्राप्तीको अधिकार समेत आफूहरुले नपाएकाले सो सम्बन्धि काम गर्नसक्ने अवस्था नरहेको समेत बताए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल जग्गा तथा आवास विकास महासंघसँग मिलेर आफूहरुले पोखरालाई वातावरणमैत्री व्यवस्थित शहरको रुपमा विकास गर्न चाहेको बताए ।

उनले पोखरालाई व्यवस्थित शहर बनाउनका लागि लगानीको अभाव हुन नदिने तर लगानीकर्ताहरुले वातावरण बिथोल्ने खालको गतिविधि भने गर्न नहुने बताए । मेयर आचार्यले पोखरालाई ग्रिन र क्लिन सहरको रुपमा विकास गर्न आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । 

Recent Comments

No comments to show.