दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत सोमबारदेखि उकालो लागेको शेयर बजार आज भने दोहोरो अंकले घटेको छ ।

साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा पुगेको हो । यसदिन ३०५ कम्पनीको ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँ बराबरको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को परिसूचक घटेको छ । आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

यसको ६ करोड २४ लाख बढीको शेयर किनबेच भएको छ । २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Recent Comments

No comments to show.