सडक व्यापारलाई सरकारले कानूनी रुपमै व्यवस्थित गर्नुपर्छ : एमाले

सडक व्यापारलाई सरकारले कानूनी रुपमै व्यवस्थित गर्नुपर्छ : एमाले

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्।

सरकारले नीतिगत र कानूनी रुपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।

शुक्रबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटो हुने भएकाले तीन वटै तहको सरकारले मिलेर यसलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

उनले सडक व्यापारको व्यवस्थापनका लागि आफ्नो पार्टीले संसदमार्फत सरकारलाई दबाब दिने प्रतिबद्धतासमेत व्यक्त गरे।

Recent Comments

No comments to show.