उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।

रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो । यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

आयोगले नियमित रुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ। साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ।

आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग ले आव्हान गरेको छ ।

Recent Comments

No comments to show.