उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रौतहटका उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो। तर सरकारले हालै सदस्य थप गरी सात पुर्‍याउने निर्णय गरेको थियो।

यस्तै उद्योग मन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माको भनाइ छ।

नेपाल वायु सेवा निगमको रिक्त उपाध्यक्ष पदमा विक्रम राईलाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

साथै नरदेवी आयुर्वेद चिकित्सालय विकास समिति सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंकी डा. साहारा श्रेष्ठलाई मनोनीत गर्ने निर्णय पनि भएको छ।

मन्त्रिपरिषदले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

Recent Comments

No comments to show.