रास्वपाले बोलायो संसदीय दलको बैठक,के हो एजेन्डा ?

रास्वपाले बोलायो संसदीय दलको बैठक,के हो एजेन्डा ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । 

बैठक शुक्रबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बैठकमा मुख्य रुपमा आगामी अधिवेशनका सन्दर्भमा गरिने तयारीका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा उपस्थिति हुनुअघि सभापति रवि लामिछानेले सांसदहरूलाई प्रश्नहरू पठाएका छन्। जसमा तत्काल बन्नुपर्ने ४० वटा विधेयकमा सांसदहरू रहेका समितिसँग सम्बन्धित विधेयकहरू र त्यसको अवस्था के छ? अहिले बनिरहेका विधेयकहरूमा पार्टीको चुनावी वाचापत्रमा भएका विषयको सम्बोधन हुने अवस्था के छ? आउने अधिवेशनमा सांसदहरूले उठाउने नागरिक र स्थानीय तहका मुद्दा के हुन्? भन्ने प्रश्न छन्।

संघीय संसद्को आगामी अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ।

Recent Comments

No comments to show.