काठमाडौं । यही माघ १८ देखि २१ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा नवौं संस्करणको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त रुपमा उक्त प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।
निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र नवीनतम प्रविधिको बारेमा जानकारी दिने, नेपालमा उत्पादन हुने सामग्री र प्रविधलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो ।
उक्त प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी प्रसिद्ध ब्राण्डहरूका १५० भन्दा बढी स्टल रहने छन् । मेलामा निर्माण सम्बन्धी उद्योगहरू, कम्पनीहरू, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसंग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने गराउने छन् ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा Construction materials, Construction Machinery, Pre fab structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Aluminum Composite Panels हरू को पनि उल्लेखनीय सहभागिता रहने छ ।
४ दिनसम्म चल्ने यस प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था छ ।
प्रतिक्रिया