काठमाडौं महानगरका शिक्षा शाखा प्रमुखसँग बालेनले मागे स्पष्टिकरण

काठमाडौं महानगरका शिक्षा शाखा प्रमुखसँग बालेनले मागे स्पष्टिकरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ। शुक्रबार शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन समेत दिएको हो ।

स्थानीय तहमा नगर शिक्षा समितिका संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।

नगर शिक्षा समितिले विज्ञान संकायका लागि रत्नराज्य स्कुलमा अनुमति नदिए पनि त्यहाँ २२ जना विद्यार्थी भर्ना भइसकेका थिए।

महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्य हुँदा कोइराला काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख थिए। त्यसबेला पनि कागज कीर्ते भएको भेटिएको भन्दै उनको चितवनमा सरूवा भएको सचिवालयको दाबी छ। कोइराला १० महिनाअघि काठमाडौं महानगरमा शिक्षा विभाग प्रमुख भएर आएका थिए।

Recent Comments

No comments to show.