नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माघ ३ गतेदेखि लगातार ७ दिनमा ९२ अंकले घटेको नेप्से यो साता पहिलो कारोबारमा सुधारतर्फ देखिएको छ।आइतबार १०.३७ अंकले बढेर बजार २०९४.४६ बिन्दुमा पुगेको छ।

१७३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। ७० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशतले बढेकोे छ ।

आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड ५३ लाख रुपैयाँको ५ लाख २१ हजार ७१९ कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत् र सामलिङ पावरमा सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

Recent Comments

No comments to show.