आज विश्व कुष्ठरोग दिवसः नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी कुष्ठरोगी थपिन्छन्

आज विश्व कुष्ठरोग दिवसः नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी कुष्ठरोगी थपिन्छन्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज ७१औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ  । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।

कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि नेपालमा नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ ।

कुष्ठरोग वंशाणुगत रोग भने होइन्  ।  तर, परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिन सक्ने  सम्भावना भने उच्च रहने चिकित्सकहरू बताउँछन् । यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ ।

Recent Comments

No comments to show.