कोशीमा सत्ता गठबन्धन उम्मेदवार पराजित, एमालेका कोइराला विजयी

कोशीमा सत्ता गठबन्धन उम्मेदवार पराजित, एमालेका कोइराला विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन उम्मेदवार पराजित भएकी छन्। महिला समूह अन्तर्गत माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार थिइन्। उनलाई एमालेकी रुक्मिणी कोइरालाले पराजित गरेकी हुन्।

कोशीमा महिला समूह अन्तर्गत सत्ता गठबन्धनकी कार्की र एमाले-राप्रपा गठबन्धनकी कोइराला प्रतिस्पर्धामा थिए।

निर्वाचन आयोगले औपचारिक मतपरिणाम सार्वजनिक गरिसकेको छैन। तर बिहीबार सम्पन्न मतगणनामा कोइरालाले ५ ०८६ मत पाइन्। त्यस्तै, कार्कीले ४९९२ मत मात्रै पाइन्।

दलीय आबद्धताको आधारमा मतदाताको मतभार गणना गर्दा कोशीमा सत्ता गठबन्धनसँग बहुमत थियो। तर त्यहाँ गठबन्धनकै मतदाताले एमाले उम्मेदवारलाई सघाएको देखिन्छ।

Recent Comments

No comments to show.