केकी अधिकारी ‘पोएट आइडल’ को जज

केकी अधिकारी ‘पोएट आइडल’ को जज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को जजमा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ ।

शोका निर्देशक अमनप्रताप अधिकारीका अनुसार पहिलो सिजनकी जज सुरक्षा पन्तको ठाउँमा दोस्रो सिजनमा केकी अनुबन्धित भएकी हुन् ।

शोको पहिलो सिजनमा सुरक्षा पन्तसहित उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक जज थिए । पहिलो सिजनका बाँकी तीन जजले दोस्रो सिजनलाई पनि निरन्तरता दिनेछन् । यसबारे आजै हिमालयन टेलिभिजनसँग सम्झौता भइसकेको छ ।

यो शोको दोस्रो सिजन माघ २२ गतेदेखि प्रसारण हुनेछ । सिक्किमकी कवयत्री निलम गुरुङ पहिलो सिजनको पोएट आइडलको विजेता बनेकी थिइन् ।

Recent Comments

No comments to show.