काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै ३ जना असई,२ जना प्रहरी सहायक हवल्दार,३ जना प्रहरी प्राविधिक जवान,१५ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ।
पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।
प्रतिक्रिया