निजगढ विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम भइरहेको छ : अर्थमन्त्री

निजगढ विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम भइरहेको छ : अर्थमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं ।अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै गएको बताएका छन् ।

सोमबार महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री महतले कोरोनाको बेलामा आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाँदा मुलुकको अर्थतन्त्र बिग्रिएको र पछिल्लो समय सुधार भइरहेको बताए ।

अर्थमन्त्री डा महतले नेपाल र भारतको सिमानामा रहेका बाराका केही नाकाहरु खुलाउने विषयमा दुवै देशको अधिकारीहरुसँग चाँडै संवाद गर्ने बताए ।

निजगढ विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम तीव्ररुपमा अगाडि बढाएको भन्दै मन्त्री महतले विमानस्थल बन्नेमा शङ्का नगर्न सबैलाई आग्रह गरे । सुनकोशी मरिन डाइभर्सन मधेसको लाइफलाइन भएको हुँदा त्यसको निर्माण अन्तिम चरणमा पुगिसकेको बताउँदै मन्त्री महतले सो डाइभर्सनले मधेसको प्रायः सबै जिल्ला सञ्चित हुनेमा आफू आशावादी रहेको प्रस्ट पारे ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सांसद श्याम पटेल, पूर्वराष्ट्रियसभाका सदस्य रमेश यादव, जिल्ला सचिव भैयाराम यादवलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

Recent Comments

No comments to show.