जनकपुरधाम । भारतको अयोध्यामा राम मन्दिरको सोमवार प्राण प्रतिष्ठा भएको खुशीयालीमा जनकपुरधामको जानकी मन्दिरमा दीप प्रज्वल गरी दिपोत्सव मनाइएको छ ।
हिन्दूवादीहरुले जानकी मन्दिरमा ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा नगरबासी सहभागी भएका थिए ।
वीरगञ्ज, गोलबजार, जलेश्वरलगायतका ठाउँमा पनि झाँकी प्रदर्शन, रथयात्रा, दीपोत्सवलगायतका कार्यक्रम गरिएको छ ।
प्रतिक्रिया