सतर्कता केन्द्रले भन्यो- ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न दिनू

सतर्कता केन्द्रले भन्यो- ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न दिनू

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल)मा परीक्षार्थीले आफ्नो सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशना दिएको छ ।

सतर्कता केन्द्रले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै ट्रायल दिँदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

हाल लाइसेन्सका लागि ट्रयाल दिँदा परीक्षार्थीले आफ्नो सवारीसाधन प्रयोग गर्न पाउँदैनन । महँगो शुल्क तिरेर ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यता छ ।

हालै लुम्बिनी प्रदेश सरकारले ट्रायल दिँदा आफ्नो व्यक्तिगत सवारीसाधन प्रयोग गर्न पाइने व्यवस्था गरे पनि पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छैन ।

अन्य प्रदेशले भने अझै आफ्नो सवारीले ट्रायल दिन पाइने व्यवस्था गरेका छैनन् । आफ्नै सवारी प्रयोग गर्न पाउनुपर्ने चौतर्फी गुनासो बढेपछि केन्द्रले सातै प्रदेशमा उक्त व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरूको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीह?लाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सोको कार्यान्वयनको जानकारी यस केन्द्रलाई उपलब्ध गराउन मिति २०८०।१०।०५ गतेको सचिवस्तरीय निर्णय बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ को (छ) अनुसार निर्देशन दिइएको व्यवहोरा अनुरोध छ,’ सतर्कता केन्द्रको पत्रमा लेखिएको छ ।

Recent Comments

No comments to show.