बीवाइडी सिलको नेपालमा बिक्री सुरू

बीवाइडी सिलको नेपालमा बिक्री सुरू

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले स्पोर्टी सेडान कार सिलको नेपालमा बिक्री सुरू भएको छ ।बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले शुक्रबारदे सिलको बिक्री सुरु गरेको हो ।

बीवाइडीको सबैभन्दा प्रिमियम मोडल सिल विभिन्न तीन भेरियन्टमा सार्वजनिक भएको हो । सिलको डाइनामिक, प्रिमियम र पर्फमेन्स भेरियन्ट देखाएको हो ।

सिल मोडल निकै आकर्षक र प्रिमियम फिचर भएको सेडान कार हो । निकै लामो र फराकिलो बनोटको कारण यसले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सिलको सबैभन्दा सस्तो भेरियन्ट डाइनामिक हो । यसको मूल्य १ करोड ५ लाख रुपैयाँ रहेको छ । यसमा ६१.४४ किलोवाट आवरको ब्लेड ब्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

यस्तै, प्रिमियम भेरियन्टको मूल्य १ करोड ३९ लाख रुपैयाँ रहेको छ । यसमा ८२.५६ किलोवाटको ब्याट्रीप्याक र २३० किलोवाटको मोटर रहेको छ

त्यसैगरी, पर्फमेन्स भेरियन्टको मूल्य १ करोड ८५ लाख रुपैयाँ यसमा ८२.५६ किलोवाटको ब्याट्रीप्याक र ३९० किलोवाटको मोटर रहेको छ ।

Recent Comments

No comments to show.