सुनको मुल्य बढयो,कतिमा हुदैछ कारोबार ?

सुनको मुल्य बढयो,कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापवाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । शुक्रबार ५०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ४०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार प्रतितोला चाँदी १ हजार ३९० रुपैयाँ तोकिएको छ । चाँदी शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २९ दशमलव ६३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ ।

Recent Comments

No comments to show.