एनआरएनएद्वारा कंगोमा निधन भएका सुरेशको परिवारलाई २६ लाख सहयोग

एनआरएनएद्वारा कंगोमा निधन भएका सुरेशको परिवारलाई २६ लाख सहयोग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख ६१ हजार रुपैयाँ सहयोग गरेको छ।

एनआरएनएले वैदेशिक रोजगारीको क्रममा कंगोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको सहयोगार्थ शनिवार काठमाडौंमा गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ वितरण गरिएको एनआरएनएका अध्यक्ष बद्री केसीले बताए।

उनले परिवारका ३ जना पिता, श्रीमती र पुत्रलाई क्रमशः ३०, ३० र ४० प्रतिशत रकम प्रदान गरेको बताए। अध्यक्ष केसीले ४० प्रतिशत पैसा छोराको नाममा मुद्दती खातामा जम्मा गरिदिएको बताए।

अध्यक्ष केसीले वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये दैनिक रूपमा १२ देखि १५ वटा शव नेपाल आउने गरेको बताए। 

Recent Comments

No comments to show.