हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित नरेश अग्रवाल पक्राउ

हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित नरेश अग्रवाल पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राजस्व अनुसन्धान विभागले हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई दुई करोड नगदसहित बिहीबार राति पक्राउ गरेको छ । 

विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो।

अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ। अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ।

अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ। 

Recent Comments

No comments to show.