चिसो बढेपछि नेपालगञ्जका विद्यालय तीन दिन बन्द

चिसो बढेपछि नेपालगञ्जका विद्यालय तीन दिन बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके । चिसो अत्यधिक बढेपछि बाँकेको नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ।

सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ देखि ६ गतेसम्म जाडो बिदा दिएको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए।

नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ। शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भएपछि विद्यालयमा बिदा दिएको थापाले बताए।

‘मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ’, उनले भने, ‘जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको हो।’ 

बाँकेमा शीतलहरसँगै कुहिरो र हुस्सुले दुई सातादेखि जनजीवन प्रभावित भएको छ।

Recent Comments

No comments to show.