यति ब्रुअरीले बुक बिल्डिङ विधि मार्फत आईपीओ निष्काशन गर्ने

यति ब्रुअरीले बुक बिल्डिङ विधि मार्फत आईपीओ निष्काशन गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधि मार्फत प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्काशनका लागि एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।

अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यति ब्रुअरीको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरी लिमिटेडले हाल अर्ना , यति , वाइबी , शिखर, किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

Recent Comments

No comments to show.