काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ।
बैठक दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने तय भएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। यस्तै संगठनको अद्यावधिक, आर्थिक विभागको प्रतिवेदन, आचारसंहिता, घरदैलो कार्यक्रमको प्रतिवेदन र आगामी अभियानबारे छलफल हुने रास्वपाले जनाएको छ।
प्रतिक्रिया