एनआईबिएल स्टेबल फण्डको इकाईमा आजदेखि आवेदन दिन सकिने

एनआईबिएल स्टेबल फण्डको इकाईमा आजदेखि आवेदन दिन सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज अर्थात् माघ २ गतेदेखि एनआइएमबी एस क्यापिटलले नयाँ म्युचुअल फन्ड ‘एनआइबीएल स्टेबल फन्ड’ बिक्री खुला गरेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो ।

कुल निष्कासन हुने इकाइमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यो निष्कासन गरिने कुल इकाईमध्येको एक प्रतिशत हो ।

यस्तै, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने छन् । आवेदन माघ ५ गतेसम्म दिन सक्नेछन् । सो अवधिसम्ममा बिक्री नभएको खण्डमा भने आगामीमा माघ १६ गतेसम्म खुला रहने क्यापिटलले जनाएको छ ।

फन्डको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

Recent Comments

No comments to show.